७ मंसिर २०८१, शुक्रबार

लोसपाद्वारा एमसीसीको पक्षमा मतदान गर्ने निर्णय


लोसपा संसदीय दलको बैठक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज बुधबार दिउँसो बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय भएको एक सांसदले जानकारी दिइन् ।

प्रतिनिधिसभाको भोलि बस्ने बैठकको सार्वजनिक भएको सम्भावित कार्यसूचीमा संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने भएका हुन् । यसअघि गत आइतबारको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसदमा टेवुल गरेका थिए ।

एमसीसी विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय लोसपाले गरेको हो । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भन्ने अन्य दलले निर्णय लिन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !