१३ आश्विन २०८१, आइतबार

युवा संघको अध्यक्षमा पौडेल चयन


ramesh poudel

६ वैशाख, काठमाण्डौ । बिहीबार बिहान सम्पन्न भएको एमाले सम्वद्ध युवा संघको बैठकवाट अध्यक्षमा रमेश पौडेल चयन भएका छन् । पौडेल यसअघि युवा संघको उपाध्यक्ष थिए ।

यसअघिको अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि नयाँ नेतृत्व चयन गरिएको हो । नेतृत्वमा दावी गर्दै आएकी दिलु पन्त भने विदा भएकी छन् ।

त्यस्तै किरण पौडेल, प्रभात विक्रम कटुवाल, कान्ति बुर्लाकोटी, हस्त शाही, परशुराम बस्नेत, गोविन्द थापा र चन्द्र लामा गरी ७ जना उपाध्यक्षमा छन् । किरण पौडेल यसअघि महासचिव थिए भने गोविन्द थापा र चन्द्र लामा पहिले पनि उपाध्यक्ष नै थिए ।

नरेश शाही महासचिव बनेका छन् । उनी यसअघि सचिवको जिम्मेवारीमा थिए ।

उपाध्यक्षद्वय हस्त शाही र कान्ति बुर्लाकोटी तथा महासचिव नरेश शाही माधव नेपाल समूहका हुन् । अरु सबै केपी ओली समूहका हुन् ।

बैठकले १४ जना सचिव पदमा १३ जनालाई चयन गरेको छ । एकजना भने पछि पदपूर्ति गर्ने युवासंघले जनाएको छ ।

राजिव पहारी प्रदेश सभा सांसद भएकाले उनलाई विदा गरी नयाँ नेतृत्व चयन गरिएको हो । यसअघि कोषाध्यक्ष पदमा रहेका हिदम लामा गाउँपालिका अध्यक्ष बनेकाले उनलाई पनि विदा गरिएको छ ।

यसैगरी अशोक चन्द वेदकोट नगरपालिकाका मेयर भएकाले उनले पनि युवा संघको राजनीतिवाट विश्राम लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !