१३ बैशाख २०८१, बिहिबार

प्रदेश १ को नामकरणबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै


राजेन्द्रकुमार राई df]/ª, ( kmfu’g . k|b]z g+ ! sf d’VodGqL /fh]Gb|s’df/ /fO{ d’VodGqL tyf dlGqkl/ifbsf] ;efxn lj/f6gu/df ;f]daf/ cfof]lht …k|b]z g+ ! sf] cfly{s ?kfGt/0fsf ;Defljt If]qx?Ú sfo{zfnf uf]i7Ldf dGtJo JoSt ub}{ . t:jL/ M dgf]h bfxfn, /f;;

विराटनगर । प्रदेश १ को नामकरण विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै छ । प्रदेश १ मा नामाकरणको विषयमा छलफल गरेर टुंगोमा पुग्नका लागि आज मंगलबार मध्यान्ह १२ः१५ बजेदेखि प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बोलाइएको हो ।

देशका ७ वटा प्रदेशमध्ये ६ वटाले स्थायी राजधानी र नाम घोषणा गरिसकेतापनि राजधानी मात्रै तोक्न सकेको प्रदेश १ लामो समयदेखि नामकै प्रतिक्षामा रहेको छ ।

राजनैतिक स्वार्थ र दलीय अडानका कारण प्रदेशले नाम पाउन नसकिरहेका बेला यो विषयलाई निस्कर्षमा पुर्याउन प्रदेश सरकारले सर्वदलीय बैठक डाकेको हो । प्रदेश मन्त्रिपरिषद् बैठकले गत माघ १६ गते नामको विषय टुङ्गोमा पुर्याउनलाई समन्वय एवम् सहजीकरणको जिम्मेवारी मन्त्री जयराम यादवलाई दिएको थियो ।

प्रदेश १ ले अहिलेसम्म तीन जना मुख्यमन्त्री पाइसकेको छ । राजनैतिक उथलपुथल र दलीय स्वार्थका कारण तीन पटकसम्म मुख्यमन्त्री फेरिए पनि प्रदेश भने नामविहीन अवस्थामा छ । प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राई, दोस्रो भीमप्रसाद अचार्य र अहिलेका मुख्यमन्त्री राजेन्द्रकुमार राईसम्मले नामको विषयलाई प्राथमिकतामा राखिएको बताउँदै आएका छन् ।

संवैधानिक व्यवस्था अनुसार प्रदेशको नामाकरण टुंगो लगाउन प्रदेशसभामा दुई तिहाई बहुमत आवश्यक पर्छ । जसका लागि एमाले निर्णायक छ । प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीको १०, जसपाको ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना सांसद गरी ९२ जना सांसद रहेका छन् ।

तर अहिलेसम्म दलीय स्वार्थको मारमा परेको प्रदेशमा नामाकरणको विषय टुङ्गिन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितको सर्वदलीय बैठक आज डाकिएको हो । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको संसदीय दलका नेता, दलहरूका प्रदेश कमिटी अध्यक्ष-सभापति, सरकारका सबै मन्त्रीहरू सहभागी हुने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !