१३ बैशाख २०८१, बिहिबार

कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु, एमाले आज पनि अनुपस्थित


कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले बोलाएको प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । संसद भवन नयाँ वानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको केही समयअघि अघि शुरु भएको हो ।

अस्ति फाल्गुन ४ गते बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित रहेको थियो भने आज पनि अनुपस्थित हुने भएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने बताएका छन् । हिजो बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका सवालमा सत्तारुढ गठबन्धनको साझा धारणा प्रस्ट पार्न सुझाव दिएका थिए ।

आज बुधबार नै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे सत्ता गठबन्धनको आज सकिएको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।

यस्तै प्रतिनिधिसभाको आज शुक्रबार बस्ने भनिएको बैठकमा एमसीसी सम्भावित कार्यसूचीमा परेको छैन । संघीय संसदको महासचिव भरतराज गौतमद्वारा हिजो जारी आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा एमसीसी समावेश गरिएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !