९ असार २०८१, आइतबार

सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै


कार्यव्यवस्था परामर्श समिति बैठक नयाँ वानेश्वर

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले बोलाएको प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक आज पनि बस्दैछ । संसद भवन नयाँ वानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक ११:३० बजे बस्ने भएको हो ।

अस्ति फाल्गुन ४ गते बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित रहेको थियो । कार्यव्यवस्था परामर्श समिति बैठकमा एमालेको तर्फवाट प्रमुख सचेतक बिशाल भट्टराई वा सचेतक शान्ता चौधरी उपस्थित हुनुपर्नेमा दुई जनामध्ये एक कोही अझसम्म उपस्थित भएका थिएनन् ।

आज बुधबार नै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो । आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रस्ताव टेबल गर्ने तयारीमा जुटेको छ ।

तर प्रतिनिधिसभाको आज शुक्रबार बस्ने भनिएको बैठकमा एमसीसी सम्भावित कार्यसूचीमा परेको छैन । संघीय संसदको महासचिव भरतराज गौतमद्वारा जारी आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा एमसीसी समावेश गरिएको छैन ।

एमसीसीबारे सहमति जुटाउन हिजो बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएपछि आज शुक्रबार बिहान १० बजे बालुवाटार पुनः बस्ने गरी बैठक स्थगित गरिएको छ । हिजोको बैठकमा एमसीसीलाई अघि बढाउने विषयमा कांग्रेसका नेताहरुले जोड दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !