काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा अन्तिम छलफल गर्न सत्ता गठबन्धनको बैठक भोलि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवावीच एमसीसी आज संसदमा टेवुल नगर्ने सहमति भएपछि सो बारेमा अन्तिम छलफल गर्न सत्ता गठबन्धनको बैठक भोलि ३ बजेका लागि बैठक बोलाइएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको हो ।प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा आज एमसीसी टेबल नगर्न समेत सहमत भएका थिए ।
माओवादी केन्द्रले एमसीसी राष्ट्रिय सहमति बिना जबरजस्ती संसदमा अघि बढाइए सोको विपक्षमा मतदान गर्ने निर्णय र सरकारबाट बाहिरिन सक्ने संकेत गरेलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।
एमसीसी संसदमा टेबल हुनबाट रोक्न अन्तिम प्रयासस्वरुप राष्ट्रिय सहमति जुटाएर मात्र संसदमा टेवुल गर्न आग्रह गर्न प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका उनीहरुवीच एमसीसी टेवुल नगर्ने सहमति भएको हो ।
बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । सरकारले संसदमा टेवुल गर्ने तयारी गरेको एमसीसी परियोजनाबारे आफ्नो पार्टीको संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका थिए ।