९ असार २०८१, आइतबार

सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु, एमाले अनुपस्थित


कार्यव्यवस्था परामर्श समिति बैठक नयाँ वानेश्वर

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले बोलाएको प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । केही समयअघि संसद भवन नयाँ वानेश्वरमा शुरु भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित रहेको छ ।

कार्यव्यवस्था परामर्श समिति बैठकमा र्मलेको तर्फवाट प्रमुख सचेतक बिशाल भट्टराई वा सचेतक शान्ता चौधरी उपस्थित हुनुपर्नेमा दुई जनामध्ये एक कोही अझसम्म उपस्थित भएका छैनन् ।

आज बुधबार नै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो । आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रस्ताव टेबल गर्ने तयारी गरेको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बसिरहेको बेला हिजो दिउसो प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको बीचमा नै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउन आग्रह गरेका थिए ।

कांग्रेसले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । हिजो बसेको कांग्रेसले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

तर सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसी राष्ट्रिय सहमति बिना जबरजस्ती एमसीसी संसदमा अघि बढाइए सोको विपक्षमा मतदान गर्ने निर्णय र सरकारबाट बाहिरिन सक्ने संकेत गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !