२ जेष्ठ २०८१, बुधबार

माओवादी एमसीसीको विपक्षमा, सरकारबाट बाहिरिन सक्ने संकेत


माओवादी संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने माओवादीको निर्णय गरेको हो । यसले गर्दा संसदवाट एमसीसी पास गर्ने तयारी गरेका प्रधानमन्त्री देउवालाई धक्का लागेको छ ।

यसका साथै नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति बिना जबरजस्ती एमसीसी संसदमा अघि बढाइए सरकारबाट पनि बाहिरिने संकेत समेत गरेको छ ।

आज प्रतिनिधिसभाको बैठक बस्दैछ । आज बस्न लागेको संसद्को बैठकमा सरकारले एमसीसी टेबल गर्ने तयारी गरेपछि माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !