७ मंसिर २०८१, शुक्रबार

भोलि बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी पेश हुन्छ : शशांक कोइराला


डा. शशांक कोइराला फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शशांक कोइरालाले भोलि बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी सम्बन्धी प्रस्ताव पेश हुने बताएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकबाट बाहिरिने क्रममा नेता कोइरालाले बुधबार बस्ने संसद बैठकमा एमसीसी पेश हुने सम्भावना रहेको बताए ।

उनले भने, “एमसीसीबारे हामीले छलफल गरेका छौं । एमसीसीको सफल कार्यान्वयनबारे डा. रामशरण महतले सबैलाई जानकारी गराउनु भएको छ। सम्भवतः भोलीको संसद बैठकमा एमसीसी पेश गर्ने गरी तयारी हुँदैछ ।”

नेता कोइरालाले एमसीसी लागु भएका विश्वका अन्य मुलुकमा अमेरिकी सेना प्रवेश नगरेको जिकिर गर्दै कांग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा प्रष्ट रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !