काठमाडौँ । पूर्वमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले १०० दिनमा नेपालको चुच्चे नक्शालाई बुच्चे बनाएको टिप्पणी गरेका छन् ।
सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले प्रधानमन्त्री देउवाले सय दिनमा चुच्चे नक्शालाई बुच्चे बनाए भने अब नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालले हप्ता दिन जसोमा एमसिसी सदनमा ध्वनी मतबाट पास र सडकमा धुमधामले टायर सहितको मशाल जुलुस गरी खारेज गर्ने नाटक गर्न सक्ने संकेत गरेका छन् ।
नेता बास्कोटाले सोपछि राष्ट्रवादको नयाँ भाष्य निर्धारण हुन्छ भन्दै रणनीतिक रक्षा र प्रत्याक्रमण भनेकै यहि हो भनेर देउवा, प्रचण्ड र नेपालप्रति तीखो व्यंग गरेका छन् ।
उनले लेखेका छन्, ‘देउवाले सयदिनमा चुच्चे नक्शालाई बुच्चे बनाए । अब पुष्पकमल र माधबले हप्तादिन जसोमा एमसिसि सदनमा ध्वनी मतबाट पास र सडकमा धुमधामले टायर सहितको मशाल जुलुस गरी खारेज गर्छन । त्यसपछि राष्ट्रवादको नयां भाष्य निर्धारण हुन्छ । रणनीतिक रक्षा र प्रत्याक्रमण भनेकै यहि हो ।’
देउवाले सयदिनमा चुच्चे नक्शालाई बुच्चे बनाए। अब पुष्पकमल र माधबले हप्तादिन जसोमा एमसिसि सदनमा ध्वनी मतबाट पास र सडकमा धुमधामले टायर सहितको मशाल जुलुस गरी खारेज गर्छन।त्यसपछि राष्ट्रवादको नयां भाष्य निर्धारण हुन्छ।रणनीतिक रक्षा र प्रत्याक्रमण भनेकै यहि हो।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 15, 2022