१९ असार २०८१, बुधबार

एमसिसी अनुदान नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग : प्रवक्ता महत


डा. प्रकाशशरण महत

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसिसीका विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको दावी गरेका छन् । प्रवक्ता महतले एमसिसीका बारेमा प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको समेत बताए ।

एक कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको दावी गरे । काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने र नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !