१२ आश्विन २०८१, शनिबार

एमसीसी रोक्न झुटको बोलावाला चलिरहेको छ : प्रवक्ता महत


डा. प्रकाशशरण महत फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले अहिले देशमा झुठको बोलावाला चलिरहेको बताएका छन् । प्रवक्ता महतले सत्य लुकायो भने झुठको बोलवाला हुने बताएका हुन् ।

नेपाल प्रेस युनियनले राखेको बधाइ तथा शुभकामना कार्यक्रममा महतले यस्तो बताएका हुन् । उनले भने, “बीपी कोइरालाले भन्नुहुन्थ्यो सत्यको मुख बन्द गरियो भने झुठको थुतुनु चल्छ । वास्तवमा अहिले जताततै झुठको थुतुनु चलिरहेको छ ।”

एमसीसी जस्तो परियोजना रोक्न झुटको बोलावाला चलिरहेको प्रवक्ता महतले बताए । प्रवक्ता महतले कांग्रेस र जिम्मेवार नेताहरूले जनतासँग संवाद गर्न नसक्दा झुठको बोलावाला चलेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !