२४ पुस २०८१, बुधबार

प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने- मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ


केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउने जिकिर गरेका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गएको स्थानीय चुनावमा पनि सत्ता गठबन्धनसँग चुनाव लडेर ४१.२८ प्रतिशत स्थानमा विजयी हासिल गरेको बताए ।

पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै आसन्न निर्वाचनमा पनि बत्ति निभाएर, मतपत्र च्यातेर जित्ने सपना नदेख्न सुझाव दिए ।

उनले भने, “अबको निर्वाचन बत्ति निभाएर, मतपत्र च्यातेर जित्ने सपना कसैले नदेखे हुुन्छ । भाग्ने उम्कने ठाउँ छ भने खोजे हुन्छ । संघीय र प्रदेश निर्वाचनमा हामी बहुमत ल्याउँछौं । गठबन्धन तोडेर होइन गठबन्धन रहँदै हामी बहुमत ल्याउँछौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !