१२ असार २०८१, बुधबार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक किन अचानक गरियो स्थगित ?

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित


नेकपा माओवादी केन्द्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भोलि माघ २८ गते बोलाइएको केन्द्रीय समितिको बैठक अचानक स्थगित गरिएको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

भोलिदेखि दुई दिन माघ २८ र २९ गतेसम्म चल्ने बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी चयनका साथै स्थानीय तह निर्वाचन, एमसीसी परियोजना लगायतका जस्ता महत्वपूर्ण विषयमा छलफल हुने बताइएको भएतापनि किन बैठक स्थगित भयो भनेर चासो बढेको छ ।

माओवादीको बैठक विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । आठौं महाधिवेशन सम्पन्न गरेपनि माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन । माओवादीले महाधिवेशन सम्पन्न गरेतापनि केन्द्रीय समिति बैठक विभिन्न कारण देखाउदै पटक-पटक सर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !