८ मंसिर २०८१, शनिबार

एमालेद्वारा संशोधित नियमावली र जनसंगठन सम्बन्धि निर्देशिका जारी


नेकपा (एमाले)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी नियमावली र जनसंगठन समन्वय सम्बन्धि निर्देशका २०७८ जारी गरेको छ । संशोधित पार्टी नियमावलीमा पार्टी विभागहरुको आकार बढाइएको छ ।

जारी निर्देशिका अनुसार एमालेका ३३ विभागमा प्रमुख, उपप्रमुख र सचिवसहित २५ सदस्यबाट बढाएर ३५ सदस्य रहने बनाएको छ । संशोधित नियमावलीमा पार्टी सदस्यता शूल्क मासिक १५ रुपैयाँ निर्धारण गरेको छ ।

जारी निर्देशिका अनुसार सबै तहका पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरुले आफ्नो कार्यक्षेत्रबाट बाहिर जानु परेमा अध्यक्षलाई जानकारी दिनुपर्ने व्यवस्था थपेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !