१३ बैशाख २०८१, बिहिबार

सत्तारुढ जनमोर्चासहित अन्य दलहरुद्वारा एमसिसीविरुद्ध प्रदर्शन


एमसिसीविरुद्ध प्रदर्शन

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध सत्तारुढ दल राष्ट्रिय जनमोर्चासहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले बिरोध प्रदर्शन गरेका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दिउँसो १२ बजे प्रदर्शन शुरु गरेका हुन् ।

ती दल र मोर्चाले दिउँसो १२ बजे माइतीघरबाट जुलुस शुरु गरी संसद भवन अगाडितर्फ विरोध प्रदर्शन जारी राखेका हुन् । ती दल र मोर्चाले देशैभरका सदरमुकामहरूमा संयुक्त विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम रहेको छ ।

सरकारले एमसीसी संसद्‍बाट अनुमोदन गराउने तयारी थालेपछि ६ दल र दुई मोर्चा विरोधमा उत्रिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको प्रहार भएको भन्दै सोका विरुद्ध सशक्त आन्दोलन सिर्जना गर्न उनीहरुले अपिल गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु