![प्रधानमन्त्री शेरबहादुर देउवा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/PM-Sher-Bahadur-Deuba-in-Baluwatar-1.jpg?fit=1314%2C750&ssl=1)
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धा सुमन अर्पण गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्दै उनले पार्टीमा पुर्यायाउनु भएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख गरेका हुन् ।
नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गर्नुभएका कांग्रेसका तत्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।