११ मंसिर २०८१, मंगलबार

प्राविधिक शिक्षा ७५३ स्थानीय तहमै पुर्‍याउने शिक्षामन्त्रीको दावी


देवेन्द्र पौडेल

कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्‍याउने दावी गरेका छन् । मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा पुर्‍याउने बताएका हुन् ।

अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै मन्त्री पौडेलले अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमुनाका रुपमा अघि बढाउन आवश्यक बजेटका लागि आफूले पहल गर्ने पनि प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले ३ वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालये योजना अघि बढाएको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !