काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले मोरङको विराटनगर महानगरपालिका–१८ स्थित हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गर्ने निर्ण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तैगरी स्थानीय तह निर्वाचन दफा ४ को उपदफा १ बमोजिम वि.सं. २०७९ साल वैशाख ३० गते बुधबार एकै चरणमा देशभरका सबै गाउँपालिका र नगरपालिकाको निर्वाचन गर्ने निर्णय गरेको छ । बैठकले सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेस्टमा कार्यरत अवैतानिक नेपाली महावाणिज्यदूतहरूको अवधि थप गर्ने निर्णय गरेको छ।
बैठकले गरेका निर्णय धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने, वर्डफ्लु नियन्त्रण गर्न मोरङको विराटनगर महानगरपालिकाको वडा नम्बर–१८ स्थित हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी वर्डफ्लु प्रभावित क्षेत्र घोषणा गर्ने, स्थानीय तह निर्वाचन दफा ४ को उपदफा १ बमोजिम वि.सं. २०७९ साल वैशाख ३० गते बुधबार एकै चरणमा देशभरका सबै गाउँपालिका र नगरपालिकाको निर्वाचन गर्ने कार्कीले जानकारी दिए ।
बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण पहिलो संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने, सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेस्टमा कार्यरत अवैतानिक नेपाली महावाणिज्यदूतहरूको अवधि थप गर्ने, डिजिटल प्रणलीमार्फत नाप, नक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए ।
त्यस्तैगरी पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यालय गोरखाको कार्यक्षेत्रभित्र पर्ने नुवाकोटको सडकभित्र परेका तीनवटा घर–टहराको राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृत दिने, बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ को छैटौँ आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्रसंघमा पेस गर्न अनुमति प्रदान गर्ने कार्कीले जानकारी दिए ।
बैठकले ०७८ फागुन ४ र ५ गते नर्वेमा भर्चुअल माध्यबाट हुने दोस्रो ग्लोबल डीसएबीलीबी समिटमा भाग लिन महिला, बालबलिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुने स्वीकृति दिने, फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने, राष्ट्रिय प्रसारण ११औँ संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने कार्कीले जानकारी दिए ।
नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने, र लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्धितीय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापना गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए ।