७ मंसिर २०८१, शुक्रबार

संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन : महामन्त्री थापा


गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नभएको स्पष्ट बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै महामन्त्री थापाले सबैले सदैव हेक्का राख्नु पर्दछ भन्दै संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नभएको बताएका हुन् ।

थापाले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त हुनुको साथै संविधानको मर्म अनुरूप भएको बताउदै स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको उल्लेख गरेका छन् ।

निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको पनि थापाले बताएका छन् । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि महामन्त्री थापाको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले कानून संसोधन गरेर स्थानीय निर्वाचनको मिति सार्ने कुरामा छलफल गर्दा थापाले बिरोध गर्दै आएका थिए ।

उनले लेखेका छन्, ‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ । स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ । अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन् । सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !