७ मंसिर २०८१, शुक्रबार

गिरिजा र शुसील जस्तो चट्टानी अडान भएको नेता आवश्यक : उपसभापति गुरुङ


धनराज गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले बिपी कोईराला, शुवर्ण शम्सेरजस्ता नेताहरुको सम्झना गर्ने समय आएको बताएका छन् ।उपसभापति गुरुङले गणेशमान सिंह, किशुनजीको जस्तो निष्ठा गिरिजा प्रसाद कोईराला र शुसील कोईरालाको जस्तो चट्टानी अडान भएको नेता आवश्यक भएको बताए ।

गण्डकी प्रदेश काँग्रेस कार्यालयको उद्घाटन गर्दै उनले गणेशमान सिंह, किशुनजीको जस्तो निष्ठा गिरिजा प्रसाद कोईराला र शुसील कोईरालाको जस्तो चट्टानी अडान भएको नेता आवश्यक भएको बताए ।

उनले काँग्रेस दायाँ पट्टीको बाटो वा बाँयापट्टीको बाटो हिड्ने भन्नेमा अन्योलता भएको भन्दै त्याग र निष्ठा अनि समर्पण बिधी र बिधानको कुरा गरेपनि त्यसलाई कार्यान्वयन गर्न नसक्दा पार्टी बलियो हुन नसकेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !