![देउवा, प्रचण्ड र ओली भेटवार्ता](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Sher-Bahadur-Deuba-KP-Oli-and-Prachanda-in-Baluwatar1.jpg?fit=1284%2C740&ssl=1)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता सुरू भएको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार स्थानीय तह निर्वाचनको मिति, एमसीसीलगायत समसामयिक राजनीतिक विषयबारे छलफल गर्न आज अपरान्ह देउवा, प्रचण्ड र ओली भेटवार्तामा जुटेका हुन् । प्रधानमन्त्री सचिवालयका अनुसार उक्त भेटघाटमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेल पनि सहभागी छन् ।