५ जेष्ठ २०८१, शनिबार

सभामुख महराले भने, ‘संघीय सरकार एक्लैले शासन गर्ने अवस्था छैन’


DPM Krishna Bahadur Mahara returns from China कृष्णबहादुर महरा

३ वैशाख, काठमाण्डौ । सभामुख कृष्णबहादुर महराले सोमबार काठमाण्डौमा आयोजित सूचनाको हकको प्रभावकारी कार्यान्वयन प्रचलनका लागि राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै संघीय सरकार एक्लैले शासन गर्ने अवस्था अब नरहेको बताएका छन् । उनले संघीय सरकारले राज्यलाई आवश्यक नीति निर्माण मात्रै गरे हुने पनि स्पष्ट पारेका छन् ।

प्रदेश र स्थानीय तहको सरकारलाई विकास, निर्माणलगायतका काममा सक्रिय हुनेगरी स्वायत्त अधिकार दिने संवैधानिक व्यवस्था रहेको पनि स्मरण गराएका थिए ।

सभामुख महराले सूचनाको हक लुकाउने काम नगर्न पनि सम्बन्धित सरकारी निकायलाई सचेत गराएका छन् । उनले जनतालाई सशक्त बनाउने गरी सूचना दिने कामलाई सहज बनाउन पनि राष्ट्रिय सूचना आयोगको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

सभामुख महराले लोकतन्त्रलाई सुदृढ बनाउँदै मुलुकमा राष्ट्रिय एकता कायम गर्ने उद्देश्यका साथ स्थापना गरिएको आयोगले जनतालाई सशक्त बनाउने गरी सूचना दिने कामलाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !