काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो सरकारले घोषणा गर्नुपर्ने बताएकी छन् ।
सोमबार केन्द्रिय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने बताएकी हुन् ।
अर्यालले स्थानीय तहको निर्वाचन वैशाख महिनाभित्रै सक्नुपर्ने पनि बताइन् ।