७ जेष्ठ २०८१, सोमबार

स्थानीय तहको नामाङ्कन र सीमाङ्कन तय गर्न जनता प्रगतिशील पार्टीको माग


हृदयेश त्रिपाठी

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयेश त्रिपाठीले स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्न माग गरेका छन् ।

अध्यक्ष त्रिपाठीले एक विज्ञप्ति जारी गरी प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्न माग गरेका छन् ।

अध्यक्ष त्रिपाठीले स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात मधेश प्रदेशमा मात्र भएको तर प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा त्यसको कार्यान्वयन नभएको आरोप लगाएका छन् ।

आगामी निर्वाचन पूर्व नै सो आयोगको सिफारिश प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गर्न अध्यक्ष त्रिपाठीले माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !