३ असार २०८१, सोमबार

प्रधानमन्त्री ओली र प्रचण्डवीच एकल बैठक बस्दै


prachanda_kp_oli

२ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच आइतबार भेटवार्ता गर्ने भएको छ ।

रारा पर्यटन महोत्सववाट आइतबार मध्याह्‍न मात्र राजधानी फर्किएका प्रधानमन्त्री ओली र प्रचण्डवीच बैठकको तयारी भइरहेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

तर, बैठकको समय भने यकिन हुन सकेको छैन ।

प्रधानमन्त्री ओली र प्रचण्डवीच छलफल भएपश्चात् पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी छ । ‘प्रधानमन्त्री रारा महोत्सववाट भर्खरै काठमाण्डौ आइपुग्नुभएको छ । उहाँहरु वीच छलफल भएपछि एकता संयोजन समितिको बैठक बस्ने मिति तय हुन्छ’, नेम्वाङले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !