२ जेष्ठ २०८१, बुधबार

‘सहिद दिवस’ भनेर लेख्दा कता-कता आफैलाई लज्जबोध भएको छ : उपसभापति गुरुङ


धनराज गुरुङ

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले सहिदहरुको बलिदानलाई कमिसनतन्त्रको पछ्यौरीले छोपेकोले “सहिद दिवस” भनेर लेख्दा कताकता आफैलाई लज्जबोध भएको बताएका छन् ।

उपसभापति गुरुङले सहिदहरुको बलिदानबाट प्राप्त प्रजातन्त्र/लोकतन्त्रलाई मुलुकको समृद्धिसँग जोड्न सक्यौं भने बल्ल सहिदहरु प्रति सम्मान हुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सहिदहरुको बलिदानलाई कमिसनतन्त्रको पछ्यौरीले छोपेकोले “सहिद दिवस” भनेर लेख्दा कताकता आफैलाई लज्जबोध भएको छ । सहिदहरुको बलिदानबाट प्राप्त प्रजातन्त्र/लोकतन्त्रलाई मुलुकको समृद्धिसँग जोड्न सक्यौं भने बल्ल सहिदहरु प्रति सम्मान हुनेछ। जय नेपाल ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु