१७ असार २०८१, सोमबार

अध्यक्ष प्रचण्डले भने, ‘एक दशकभित्र समृद्ध नेपाल निर्माण गर्ने सङ्कल्प गरौँ’


प्रचण्ड

२ वैशाख, बुर्तिबाङ्ग । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाग्लुङको ढोरपाटन नगरपालिका स्थित बुर्तिबाङ्गमा आयोजित ढोरपाटन महोत्सवलाई सम्बोधन गर्दै एक दशकभित्र समृद्ध नेपाल निर्माणको सङ्कल्प गर्न सबैलाई आह्वान गरेका छन् ।

प्रचण्डले निजी, सार्वजनिक र सहकारीको सहकार्यमा तीव्र आर्थिक विकास गर्ने सङ्कल्प गर्न आह्वान गरे ।

उनले भने, ‘विकासको निम्ति निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यबिना तीव्र आर्थिक विकास हुन सक्दैन । त्यस कारण निजी क्षेत्रसँग सहकार्य गर्ने प्रक्रियामा पनि एउटा नयाँ मोडल विकास गर्न चाहेका छौँ । निजी सार्वजनिक र सहकारीको सहकार्यवाट हामी आउने एक दशक भित्र नयाँ र समृद्ध नेपाल निर्माण गरिछाड्ने सङ्ककल्प गरौँ, म सबैलाई आह्वान गर्न चाहन्छु ।’

‘एकता नबनेको भए न १२ बुँदे समझदारी, न शान्ति सम्झौता हुन्थ्यो, न त संविधान, सङ्घीय गणतन्त्र, ३ तहको सरकार, विकासको निम्ति राष्ट्रिय सङ्कल्प नै हुने थियो ।’ उनले भने, ‘हामी अहिलेपनि विकासको एजेन्डामा, निर्माणमा, समृद्धिमा, स्थायीत्वमा कोही सत्तापक्ष र प्रतिपक्ष होईनौँ । हामी राष्ट्रिय एकतालाई केन्द्रमा राखेर विकासको काममा हातेमालो गर्न सत्तापक्ष वा वामगठबन्धन त्यसको लागि सहकार्य गर्न तयार छ ।’

नेपाली जनता ६० वर्षदेखि राजनीतिक अराजकताको चपेटामा परेकोले विकासका काममा पछाडि परेको भन्दै अध्यक्ष प्रचण्डले नयाँ संविधान बनेपछि त्यो स्थितिको अन्त्य भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !