काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छपाइ भएर प्रकाशन र चलनचल्तीमा नआएका हुलाक टिकट र हुलाक स्टेसनरीहरू प्रयोगमा नल्याइने बताए ।
गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै मन्त्री कार्कीले संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरवलोकनका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।