७ मंसिर २०८१, शुक्रबार

नेता वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण


वामदेव गौतम र तुलसा थापा गौतम

काठमाडौं । नेकपा एमालेका पूर्वनेता वामदेव गौतम दम्पतीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । वामदेव र उनकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उनीहरुका छोरा हरिशले जानकारी दिएका हुन् ।

हरिशले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, “हामीहरुको घरपनी कोरोना (ओमिक्रोन) पिडित भएको अवस्था हो, बाबा आमालाई शिघ्र स्वास्थ्य लाभ को कामना छ !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !