७ मंसिर २०८१, शुक्रबार

स्थानीय तहको निर्वाचन समयमै गराउन एमालेको आग्रह


नेकपा (एमाले)

काठमाडौँ । नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

कमिटीको नवनिर्वाचित नेतृत्वको हिजो पदभारपछिको पहिलो बैठकले सोबारे सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले यही माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने र कोभिड–१९ को महामारीका समयमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर २५ जनाभन्दा कम उपस्थितिमा गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ ।

गत पुस २३ र २४ गते भएको जिल्ला अधिवेशनले दिपक निरौलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो । अध्यक्ष निरौलासँगै उपाध्यक्ष नवराज पराजुली, सचिव राजेश शाक्य र उपसचिव तेजप्रसाद ढकाल र बिन्दु महर्जनले आज काठमाडौैँ महानगरपालिका–४ स्थित जिल्ला कार्यालयमा पदभार ग्रहण गरे ।

बैठकमा एमालेका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, पोलिटब्युरो सदस्य कृष्ण राई, केन्द्रीय सदस्य नारायण सिलवाल, विद्यासुन्दर शाक्य, रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने, प्रदेश कमिटी सदस्य गणेशप्रसाद दुलाल लगायतको उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !