१७ असार २०८१, सोमबार

प्रचण्डद्वारा नयाँ वर्ष २०७५ को शुभकामना व्यक्त


प्रचण्ड

१ बैशाख, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले एक शुभकामना सन्देश मार्फत सम्पूर्ण नेपालमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

नयाँ संविधान कार्यान्वयनको हिसावले २०७४ साल अविस्मरणीय रहेको प्रचण्डले बताएका छन् ।

राजनीतिक संक्रमणको अन्त्य गरी स्थिरता, विकास र समृद्धि हासिल गर्न २०७४ सालले आधार र उर्जा प्रदान गरेको उनले बताए ।

समाजवादउन्मूख संघीय संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माणको दिशामा अघि बढ्नु अहिलेको कार्यभार रहेको प्रचण्डले बताएका छन् ।

यस अवसरमा स्थिरता, शुसासन र समृद्धिको अभियानमा दृढतापूर्णक सहभागी हुन आम नेपालीलाई प्रचण्डले आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !