गौर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी छन् । बलिदानी दिवस मनाउन गौर पुगेकी मन्त्री यादवले अध्यक्ष राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् ।
मन्त्री यादवलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेपछि अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी मन्त्री यादवले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी हुन् ।
मन्त्री यादवले राइस मिल घटना नबिर्सन आग्रह गरिन् । मन्त्री यादवले भनिन्, “राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर। लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।”