काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जनाएका छन् ।
उनले ८ महिनापछि फेरि सपरिवार कोरोना संक्रमित भएको बताए । लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीर गरिएकोका आज सबैको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।
महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘८ महिनापछि फेरि सपरिवार संक्रमित ! सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु । लक्षणले ग्रस्तपछि मेडिसिटि अस्पतालमा PCR, आज सबैको रिपोर्ट- Positive । चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन । एकसातामा फर्किन्छु काममा । भेट र सम्पर्क असुविधाप्रति सबैसंग बिनम्रतापुर्वक क्षमा चाहन्छु !”
८ महिनापछि फेरि सपरिवार संक्रमित !
सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण,आत्मालोचित छु l लक्षणले ग्रस्तपछि मेडिसिटि अस्पतालमा PCR,आज सबैको रिपोर्ट-Positive lचिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन lएकसातामा फर्किन्छु काममाl
सम्पर्क असुविधामा क्षमा चाहन्छु !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 19, 2022