काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । पौने दश बजेबाट सुरु भएको हो ।
सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी बैठकमा स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिने तयारी छ । साथै कोरोना नियन्त्रणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।