१७ असार २०८१, सोमबार

दाहाल प्रचण्डले भने, ‘मधेसवादी दललाई समेटेर सरकार दुई तिहाइको बनाउँछौं’


प्रचण्ड

३० चैत, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीले नगरपालिकाले विहान आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्वोधन गर्दै वर्तमान सरकारको एजेण्डा विकास र समृद्धिभन्दा बाहेक अर्को नभएको बताएका छन् ।

प्रचण्डले वाम गठबन्धनको सरकारलाई असफल हुने छुट नभएको बताए । उनले भने, ‘अब हामीले पनि गर्न सकिएन भने कसले गर्छ ? न त धरतीबाट कोही उम्रन्छ, नत आकाशबाट कोही झर्छ ।’

जनताको ठूलाठूला आशा र अपेक्षा सम्वोधन गर्नुपर्ने दायित्व सरकारको रहेकाले भन्दै अध्यक्ष प्रचण्डले सरकार असफल हुँदा देश असफलतामा जाने र प्राप्त उपलब्धीहरु गुम्ने बताए ।

पार्टी एकता प्रकृया छिटो टुंगिएर सरकार पनि दुई तिहाइको बनाउनेतर्फ अघि बढेको अध्यक्ष प्रचण्डको भनाइ छ । मधेसवादी दलको एक घटक सैद्धान्तिक र राजनीतिकरुपमा सत्तामा आउने तयारी भएपनि प्राविधिक केही विषय मिलाउन बाँकी रहेकाले त्यसलाई पनि टुंगाएर दुई तिहाइ पुर्‍याउने दावी प्रचण्डले गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु