कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकेका अवस्थामा वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्ने बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले विकासको विशिष्ट सम्भावना बोकेको भए पनि देशको कूल ग्राहस्थ उत्पादनमा ८.७ प्रतिशत मात्र योगदान रहनुले प्रदेशको अवस्था कमजोर रहेको देखाएको बताए ।
अधिकांश सामाजिक सूचक राम्रो रहेको भएपनि जिडिपिमा योगदान कम भएकाले यसमा सुधार हुनुपर्ने उल्लेख गर्दै प्रदेशले १०.२ प्रतिशतको औसत आर्थिक वृद्धिको लक्ष्य लिएको र यसका लागि रु १० खर्ब १२ अर्ब लगानी गर्नुपर्ने प्रक्षेपण गरिएको उनले बताए ।