१८ असार २०८१, मंगलबार

प्रचण्डलाई तीन दिन भित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश


Prachanda

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललाई सर्वोच्च अदालतले अवहेलना मुद्दामा जवाफ दिन तीन दिनभित्र उपस्थित हुन आदेश दिएको छ।

कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले दाहाललाई बोलाउने आदेश दिएको अधिवक्ता दिनेश त्रिपाठीले बताए।

द्वन्द्वकालीन मुद्दामा अदालतले गरेको फैसलाबारे गलत टिप्पणी गरी मानहानी गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले दाहाल विरुद्ध जेठ ४ गते अदालत अवहेलना मुद्दा दायर गरेका थिए।

गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा आफ्ना कुनै पनि नेता तथा कार्यकर्तालाई मुद्दा चलाइए विद्रोह गर्ने धम्की दिँदै दाहालले गत भदौ ५ गते ‘अदालतको जात के हो?’ भन्ने अभिव्यक्ति दिएका थिए।

दाहालको अभिव्यक्तिबाट सर्वोच्च अदालतको मर्यादामाथि गम्भीर आघात पुगेको र त्यसबाट अदालतको अवहेलना भएको भन्दै एक वर्ष कैद र दश हजार रूपैयाँ जरिवाना माग गरेको थियो।

निवेदकले दाहाललाई सर्वोच्च अदालत ऐन २०४८ को दफा ७ बमोजिम अदालतमा उपस्थित गराई हदैसम्म कारबाही गर्न माग गरेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !