१२ बैशाख २०८१, बुधबार

एमाले कैलालीको अध्यक्षमा थापा पुन: निर्वाचित


रतन थापा

सुदूरपश्चिम । नेकपा (एमाले) कैलालीको धनगढीमा भएको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्को कार्यकालका लागि पुनः रतन थापा निर्वाचित भएका छन् ।

गए राति सकिएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । थापाले २८७ मत र निवर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका चन्दले २८३ पाएका छन् ।

उपाध्यक्षमा दुर्गाप्रसाद जोशी र सचिवमा डेजी पाण्डे निर्वाचित भएका छन् । उपसचिवमा ममताप्रसाद चौधरी र लोकेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । जिल्ला नेतृत्वसहितका पदाधिकारीमा आकाङ्क्षीबीच सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको हो ।

एक सय ५० सदस्यीय जिल्ला कार्यसमितिको महिला र थारू क्लष्टरतर्फका सदस्य भने निर्विरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !