२४ बैशाख २०८१, सोमबार

कोरोना संक्रमण बढ्न थालेपछि विद्यालय बन्द गर्नेबारे छलफल गर्न शिक्षा मन्त्रालयमा बैठक


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

काठमाडौं । सरकारले माध्यमिक तहसम्मका विद्यालय केही दिनका लागि भौतिक कक्षा सञ्चालनमा रोक लगाउने तयारी गरेको छ ।

कोरोना भाइरस संक्रमण बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन सिफारिस गरेसँगै शिक्षा मन्त्रालयले त्यसबारे छलफल गर्न मन्त्रालयमा बैठक बोलाइएको मन्त्रालयले जनाएको छ ।

आइतबार बसेको सीसीएमसी बैठकले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेरमात्रै सञ्चालन गर्न र माध्यमिक तहसम्मका विद्यालय माघ १५ सम्म बन्द गर्न सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !