१७ असार २०८१, सोमबार

अब हुने दुई पार्टीको बैठकले पार्टी एकता टुङ्ग्याउँछ : अध्यक्ष प्रचण्ड


prachanda प्रचण्ड

२९ चैत, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन् ।

उनले आफू शुक्रबार फर्किएपछि दुई पार्टीका वीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरे ।

उनले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताए । विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने भन्दै उनले भने, “पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौँ ।”

अध्यक्ष दाहालका आफ्नै सालो (सीता दाहालका भाइ) महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा आज नेकपा माओवादी केन्द्र १४ नं वडा कमिटीले श्रद्धाञ्जलिसभाको आयोजना गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !