काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको बताएका छन् । अध्यक्ष ओलीले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौन भन्दै प्रश्न गरे ।
काठमाडौंको मूलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले भने, “हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, अहिले कांग्रेसको नेतृत्वको सरकार किन मौन बसेको छ ।”