१२ असार २०८१, बुधबार

प्रधानमन्त्री देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठक आज बस्दै


प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्‍त्रिपरिषद् बैठक आज दिउँसो साढे १ बजे बस्‍न लागेको हो ।

बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने बताइएको छ । देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् । भारत भ्रमणको क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

आज बस्ने बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाका साथै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि छलफल हुने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !