१७ असार २०८१, सोमबार

पर्यटन क्षेत्र देशको समृद्धिको आधार : अध्यक्ष प्रचण्ड


प्रचण्ड

२८ चैत, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेपाल पर्यटन बोर्डमा आयोजित अन्तरक्रियामा पर्यटन क्षेत्र समृद्धिको आधार भएको बताएका छन् ।

नेपालको आर्थिक विकासको अनन्त यात्रामा पर्यटन सबैभन्दा महत्वपूर्ण आधार रहेको उनले बताएका हुन् ।

अध्यक्ष प्रचण्डले अहिलेको युग पर्यटनको युग भएको बताए । उनले भने, ‘अहिलेको युग पानीको युग हो । विश्लेषकहरूले अब तेस्रो विश्वयुद्ध भए पानीकै कारणले हुने विश्लेषण गरेका छन् । अहिलेको दुनियाँमा पानी नै विश्वको सबैभन्दा ठूलो शक्ति हो । नेपालका सन्दर्भमा पानी पर्यटनको अनन्त यात्रा र आधार हो ।’ पर्यटन प्रवर्द्धनबाट देशको आर्थिक समृद्धि हुने उनले बताए ।

उनले भने, ‘पर्यटन कहिल्यै नसकिने समृद्धिको आधार हो । यो अनन्त हुन्छ, पर्यटनको विकास नेपालको समृद्धिको प्रमुख आधार पनि हो । नेपालमा हामीसँग यति धेरै नदीनाला छन् । हामीले आर्थिक समृद्धिको नयाँ संकल्प गर्दैछौँ, त्यसको सबैभन्दा महत्वपूर्ण आधार पानी नै हो ।’

नेपालको पर्यटकीय सम्भावना असीमित रहेको अध्यक्ष प्रचण्डले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु