३१ भाद्र २०८१, सोमबार

माधवकुमार नेपाल चिन भ्रमणवाट स्वदेश फिर्ता


madhav

२८ चैत, काठमाण्डौ । एमालेका नेता माधवकुमार नेपाल आज स्वदेश फर्किएका छन् ।

सांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिई उनी स्वदेश फर्कनुभएको एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिएका छन् ।

चार दिनसम्म चीन रहँदा उनले कार्यक्रमसँगै चिनियाँ उच्च अधिकारीसँग नेपालका बारेमा छलफल र सान्सी प्रान्तको सियान विश्वविद्यालयमा रहेको नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गर्नुभएको सचिव रिजालले बताए ।

एमाले विदेश विभागका प्रमुख एवं पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी’ विषयमा आफ्नो धारणा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !