७ मंसिर २०८१, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो, केहीबेरमा बन्दसत्र सुरु हुँदै


माओवादीको बन्दसत्र

काठमाडौं । माअ‍ोवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ। यो सँगै बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । खाजा समयका लागि स्थगित आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्र सुरु हुन लागेको हो ।

बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । अबको केहीबेरमा पार्टी अध्यक्ष प्रचण्ड हलभित्र प्रवेश गरेलगत्तै बन्द सत्रको कार्यक्रम सुरु हुने एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !