६ जेष्ठ २०८१, आइतबार

माओवादी बन्दसत्रमा गिरिराजमणिमाथि संगीन आरोप, कारबाहीको माग


रक्सी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा गिरिराजमणि पोखरेलमाथि संगीन आरोप लागेको छ । प्रदेश २ मा नेता पोखरेल र उनको समूहको भूमिकामाथि प्रश्न उठाउँदै उनी लगायतमाथि कारबाहीको माग भएपछि विवाद उत्पन्न भएको हो ।

हिजो बुधबार कमलादीस्थित बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा प्रदेश २ का टोली नेता रहेका सत्यनारायण भगतले पोखरेल लगायतमाथि कारबाही हुनुपर्ने आवाज उठाएपछि विवाद भएको हो ।

भगतले नारायणकाजी समेतको सहयोगमा पोखरेल र उनी निकटले धनुषामा सहिद रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको शालिक राख्ने तयारी गरेको आरोप लगाएका थिए । यो विषय पार्टीले छानबिन गरेर पोखरेल लगायतलाई कारबाही गर्नुपर्ने धारणा हलमा राखेका थिए । तर पोखरेल समूहले भने शालिक आफूहरुले नहटाएको दावी गर्दै आएको छ ।

सो विषयमा असन्तुष्टि जनाउँदै पोखरेल बिहीबारको बन्दसत्रमै अनुपस्थित रहेको बुझिएको छ भने पोखरेलको समूहकै नेतृत्व गर्ने नारायणकाजी श्रेष्ठ समेत ढिलागरी बन्दसत्रमा उपस्थित भएका थिए ।

बन्दसत्र सञ्चालन अध्यक्षमण्डलका सदस्य समेत रहेका पोखरेल बन्दसत्रमा अनुपस्थित भएपछि हंगामा मच्चिएको हो । सोही विषयलाई समाधान गर्न अहिले कमलादीमै माओवादी स्थायी कमिटीको बैठक जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !