११ बैशाख २०८१, मंगलबार

कांग्रेस प्रदेश नं २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर विजयी


नेपाली कांग्रेस प्रदेश नं २

जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनीहरुको निकटम प्रतिद्वन्द्वी नरेश यादवले ७७५ र हरेशप्रसाद महतोले ७०३ मत ल्याए । सहमहामन्त्रीमा जयनारायण यादव ८७९ र परशुराम चौधरीले ८२२ मत ल्याएर निर्वाचित भएका छन् भने उनीहरुको निकटम प्रतिस्पर्धी विनोद कुमार यादव ६९१ र नारायण चौधरीले ६०१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सहमहामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव ८८९ मत ल्याएर विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी भिमादवी शर्माले ५३२ मत प्राप्त गरे । यसअघि हिजो नै नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भइसकेका छन् । यादव ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भएका थिए भने निकटम प्रतिस्पर्धी रामसरोज यादवले ८५५ मत प्राप्त गरेका थिए ।

प्रदेश समितिका सदस्य पदको मतगणना भईरहेको निर्वाचित समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । जम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल १ हजार ९५१ मतदाता मध्ये १ हजार ८८१ ले मतदान गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !