२२ भाद्र २०८१, शनिबार

शिक्षक सेवा आयोगको विज्ञापन खारेज गर्न एमालेका नेता प्रभु साहको माग


प्रभु साह

काठमाडौं । नेकपा एमालेका नेता प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन खारेज गर्न माग गरेका छन् । नेता साहले शिक्षक सेवा आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै संशोधन या खारेज गर्न माग गरेका हुन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “प्रदेश नं. २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औषत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकांकको हिसाबले समेत सबैभन्दा पछाडि छ। प्रदेश २ मा रहेको धेरै जनसंख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट/पद संख्या प्रदेश नं. २ लाई उपलब्ध गराईएको यस बदनियतपूर्ण कार्यलाई कुनैपनि हिसाबले सामान्य/स्वभाविक मान्न सकिदैन ।”

उनले लेखेका छन्, “#शिक्षक_सेवा_आयोगको_विज्ञापन_संसोधन_गर प्रदेश नं. २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औषत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकांकको हिसाबले समेत सबैभन्दा पछाडि छ। प्रदेश २ मा रहेको धेरै जनसंख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट/पद संख्या प्रदेश नं. २ लाई उपलब्ध गराईएको यस बदनियतपूर्ण कार्यलाई कुनैपनि हिसाबले सामान्य/स्वभाविक मान्न सकिदैन । तसर्थ, शिक्षक सेवा आयोगको यस अस्वभाविक, अदुरदर्शि, अवैज्ञानिक एवं पक्षपातपूर्ण गलत विज्ञापनलाई तुरन्त संसोधन/खारेज गर्न सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण सहित जोडदार माग गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !