विराटनगर । माओवादी केन्द्र प्रदेश १ को कमिटि चयनका लागि निर्वाचन हुने भएको छ । स्रोतका अनुसार प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारीको लागि निर्वाचन हुन लागेको ।
मतदान बुधबार साँझ ७ बजेदेखि हुने निर्वाचन समितिले जानकारी दियो । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समिति संयोजक राजेन्द्र किरातीले जानकारी दिए । निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २५९ जनाले मतदान गर्नेछन् ।